Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

चीनले परित्याग गर्यो डब्लुटिओमा लिँदै आएको विकासोन्मुख देशको विशेष सुविधा

चीनले परित्याग गर्यो डब्लुटिओमा लिँदै आएको विकासोन्मुख देशको विशेष सुविधा
विज्ञापन
Advertisement

काठमाडौं । चीनले अब विश्व व्यापार सङ्गठन (डब्लुटिओ) सम्झौतामा विकासोन्मुख देशका लागि दिइने विशेष सुविधा नलिने घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाले लामो समयदेखि यस कदमको माग गर्दै आएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

चीनको वाणिज्य मन्त्रालयका अधिकारीहरूले बुधबार यो निर्णय विश्वव्यापी व्यापार प्रणालीलाई सुदृढ गर्न र हालका संरक्षणवादी नीतिहरू तथा आयात प्रतिबन्धका चुनौतीबीच डब्लुटिओलाई प्रभावकारी बनाउन लिइएको बताएका छन् ।

यो कदमले चीनको बजारमा विदेशी वस्तु प्रवेश सजिलो बनाउने वा नबनाउने भन्ने स्पष्ट नभए पनि यसले आगामी वार्ता प्रभावित गर्नेछ भने विद्यमान सम्झौतामा असर गर्नेछैन । डब्लुटिओका महानिर्देशक एनगोजी ओकोन्जो–इविलाले चीनको निर्णयलाई स्वागत गर्दै यसबाट विवादको मुद्दा समाप्त भएको र सुधारका लागि ढोका खोलेको बताए । उनले अमेरिकी प्रतिक्रिया सकारात्मक रहेको बताए । उनले भने, ‘तर उनीहरूले ‘अब समय आइसकेको छ ।’

चिनियाँ प्रधानमन्त्री ली किआङले मंगलबार न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र महासभाको साइडलाइनमा भएको विकास फोरममा यो घोषणा गरेका थिए । बेइजिङको निर्णय स्वैच्छिक भएको र अन्य विकासोन्मुख देशहरूले यसलाई पछ्याउनुपर्ने छैन भन्ने चीनको दाबी छ । ‘यो चीनको आफ्नै निर्णय हो’, डब्लुटिओका लागि चीप्नका शीर्ष दूत ली यिहोङले जेनेभामा पत्रकारलाई भने।

एक सय ६६ सदस्यीय डब्लुटिओले विश्वव्यापी व्यापार वार्ताका लागि मञ्च उपलब्ध गराए पनि यसको प्रभावकारिता घट्दै गएको भन्दै सुधारको माग बढेको छ । ‘विशेष र विभेदकारी व्यवहार’ प्रावधानले विकासोन्मुख देशलाई सम्झौता कार्यान्वयनका लागि समय थप, प्राविधिक सहयोग र केही अपवाद उपलब्ध गराउँछ ।

चीन अझै पनि आफूलाई विकासशील देश मान्ने बताउँछ । सरकारी अधिकारीहरूले चीन मध्यम आय भएको राष्ट्र भए पनि विकासोन्मुख विश्वको हिस्सा हो भन्ने जोड दिए । तर अमेरिकाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएकाले चीनले अब यो हैसियत त्याग्नुपर्ने तर्क गर्दै आएको छ ।

ली किआङले भने, ‘चीन सधैँ विकासोन्मुख देश नै हुनेछ । सदस्य स्थिति र विशेष व्यवहारको मुद्दा सम्बन्धित भए पनि फरक छन् ।’ यद्यपि, चीन अन्य मुलुकमा सडक, रेलमार्ग, बाँधजस्ता ठूला परियोजनामा ऋण र प्राविधिक सहयोग प्रदान गर्ने प्रमुख स्रोत बन्दै गएको छ । यी काम प्रायः राज्य स्वामित्वका चिनियाँ कम्पनीहरूले गरेका हुन् ।

डब्लुटिओले औपचारिक रूपमा विकसित र विकासोन्मुख देश छुट्याउने व्यवस्था नगरे पनि केही सदस्य राष्ट्रले आफैँलाई विकासोन्मुख भनेर पहिचान गर्ने गर्छन् ।चिनियाँ अधिकारीहरूले आफ्नो वक्तव्यमा अमेरिकाको नाम वा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीनसहित धेरै देशमा लगाएको करको उल्लेख गरेका छैनन् । एजेन्सी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit