Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सूचना प्रविधिमार्फत अर्थतन्त्र वृद्धि गर्छौ, एआई नीति मस्यौदा छलफलमा छ : सूचना प्रविधिमन्त्री गुरुङ

विज्ञापन
Advertisement

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत देशको अर्थतन्त्र वृद्धि गरिने बताएका छन् ।
‘हामी नीतिगत र पूर्वाधार निर्माण दुवैमा सक्रिय भई काम गरिरहेका छौँ ।” उहाँका अनुसार यसै वर्षभित्र नेशनल पार्क, आइटी पार्कलगायतका आइटी क्षेत्रको पूर्वाधार निर्माण गरिनेछ’ सूचना प्रविधिमन्त्री गुरुङले भने ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल चेम्बर अफ कमर्सले आज भृकुटिमण्डपमा आयोजना गरेको ‘८औँ नेपाल चेम्बर एक्स्पो २०२५’ लाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको जानकारी दिए । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विगतमा नेपालको अर्थतन्त्र कमजोर रहेकामा वर्तमान सरकारको प्रयासले सुधार भएको जिकिर गरे । सरकारले ल्याएको अध्ययादेशले व्यवसायीमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने भनाइ उनको छ । यस्तै उनले मन्त्रालयमा एआई नीति मस्यौदा छलफलका क्रममा रहेको जानकारी दिए ।

मन्त्री गुरुङले डिजिटल नेपाल अभियानलाई जोड दिइ अर्थतन्त्रमा पाँच प्रतिशत योगदान पुर्याउने सरकारको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे । नेपालमा आइटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्न सकिने आधार सिर्जना गर्न मन्त्रालय सक्रिय रहेको भनाई मन्त्री गुरुङको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit