Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

वीरगञ्जमा ८० प्रतिशत व्यवसायीले तिरेनन कर, राजस्व उठाउन अभियान

वीरगञ्जमा ८० प्रतिशत व्यवसायीले तिरेनन कर, राजस्व उठाउन अभियान
विज्ञापन
Advertisement

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ । चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको महानगरले ३७ करोड ३३ लाख मात्र राजस्व संकलन भएपछि अभियान नै सञ्चालन गरी राजस्व संकलन गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र राजस्व महाशाखा प्रमुख मनोज कर्णलगायत पदाधिकारी सम्मिलित टोलीले गत आइतबारदेखि यहाँका व्यवसायीले व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न आनाकानी गरेकाले अभियान थालिएको जनाइएको छ ।

राजस्व महाशाखा प्रमुख कर्णले महानगरभित्र सञ्चालनमा रहेका ८० प्रतिशतभन्दा धेरै पसलेले कर नतिरेको भेटिएको भन्दै घरदैलो अभियानद्वारा राजस्व संकलन गर्न थालिएको जानकारी दिए ।

कर्णले भने, ‘‘दैनिक १३० वटा पसलको अनुगमन गरिरहेका छौँ । औसतमा ८० प्रतिशतभन्दा धेरै पसलले कर नतिरेको भेटिएको छ । हामीले सातदिने सूचना दिएर कर तिर्न आह्वान गरेका छौँ ।’ महानगरको टोली अनुगमनमा आएपछि मीनाबजार, घण्टाघर चोक, लिङ्करोडलगायत स्थानका व्यापारी तथा व्यवसायी सटर बन्द गरेर भागेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit