Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

कुवेतविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने

कुवेतविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने
विज्ञापन
Advertisement

काठमाडौँ, २२ असोज स् आइसिसी टि–ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ १ मा भर्खरै भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै नेपालले पहिला ब्याटिङ गर्नेछ ।

टि–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र कुवेत हालसम्म तीन पटक आमनेसामने भएका छन् । जसमा नेपालले दुई खेल जित्दा कुवेतले एक खेल जितेको छ । आजको खेलमा नेपालका करण केसीलाई बेञ्चमा राख्दा सन्दीप लामिछाने र ललितनारायण राजवंशी दुवैलाई खेलाएको छ ।

नेपालको प्लेइङ्ग ११ मा कप्तान रोहित पौडेलसहित

विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र सन्दीप लामिछाने छन् । ्

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit