Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

यस वर्ष छैन सुनका असर्फी, नागरिकले चाँदीको मेडालियन मात्र खरिद गर्न पाउने

यस वर्ष छैन सुनका असर्फी, नागरिकले चाँदीको मेडालियन मात्र खरिद गर्न पाउने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष तिहार लक्षित सुनका असर्फी वितरण नगर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले प्रत्येक वर्ष तिहारमा सुनका असर्फी र चाँदीको मेडालियन (सिक्का) बिक्री गर्दै आएको भएपनि यो वर्ष भने चाँदीका सिक्का मात्रै बिक्री गर्ने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार आइतबारदेखि चाँदीको मेडालियन बिक्री गर्न मूल्य सार्वजनिक गरिएको थियो । चाँदीको मेडालियन खरिद गर्न चाहनेले नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै परिचयपत्र लिएर आउनुपर्ने व्यवस्था गरेको छ।

महाशाखाका अनुसार १० ग्रामका चाँदीको गणेश, गजलक्ष्मी र गाई मेडालियन (सिक्का) प्रतिव्यक्ति एकथान मात्र खरिद गर्न पाउनेछन् । उक्त मेडालिनको मूल्य प्रतिगोटा तीन हजार रुपैयाँ तोकिएको छ ।

मेडालियन खरिद गर्न लाइनमा बसेकाहरु: 

तस्बिर : नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit