Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

जेनजी आन्दोलनमा २३ अर्ब १९ करोड बढीको बीमा दाबी :  भुक्तानी गर्ने र दाबी पर्नेमा सिद्धार्थ इन्स्योरेन्स पहिलो 

जेनजी आन्दोलनमा २३ अर्ब १९ करोड बढीको बीमा दाबी :  भुक्तानी गर्ने र दाबी पर्नेमा सिद्धार्थ इन्स्योरेन्स पहिलो 
विज्ञापन
Advertisement

काठमाडौं । देशभर जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण २३ अर्ब १९ करोड रुपैयाँ बढीको बीमा दाबी परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको पछिल्लो (असोज २८ ) सम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा ३ हजार १६३ वटा दाबी परेका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको भौतिक क्षतिमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबर दाबी परेको प्राधिकरणले जनाएको छ।

बीमा कम्पनीहरूले असोज २८ गतेसम्ममा १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेका छन् ।

कुनमा कम्पनीमा कति पर्यो बीमा दाबी ?

प्राधिकरणका अनुसार असोज २८ गतेसम्म सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । ३९४ वटा दाबी परेको इन्स्योरेन्सले ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँको दाबी भुक्तानी गर्नुपर्नेछ । जसमध्ये कम्पनीले बीमितलाई ७८ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको उल्लेख छ ।

दोस्रोमा ओरिएन्टल कम्पनीमा ५ अर्ब २४ करोड ८२ लाख रुपैयाँको ९८ वटा दाबी परेका छन् । जसमध्ये कम्पनीले ७१ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । यस्तै, तेस्रो धेरै दाबी पर्ने कम्पनीमा आइजीआई प्रुडेन्सियल रहेको छ । २ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी परेकोमा कम्पनीले ३० करोड ७६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।

त्यस्तै, शिखर इन्स्योरेन्समा २ अर्ब ४१ करोड ११ लाख रुपैयाँको ४३३ वटा, सगरमाथा लुम्बिनीमा १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँको ३४२ वटा, नेको इन्स्योरेन्समा १ अर्ब १५ करोड ५४ लाख रुपैयाँको २५९ वटा दाबी परेका छन् । यसैगरी, हिमालयन एभरेष्टमा ९८ करोड ६२ लाख रुपैयाँ बराबरको २७० वटा दाबी परेको प्राधिकरणले जनाएको छ । भुक्तानीतर्फ भने शिखर इन्स्योरेन्सले ४२ करोड २७ लाख रुपैयाँ, सलिकोले २ करोड ७९ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २४ करोड ५३ लाख रुपैयाँ र नेकोले ८ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

सानिमा जीआईसीमा ८८ करोड ८५ लाख रुपैयाँ, युनाइटेड अजोडमा ६३ करोड ९४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ४१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ८९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६० करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २१ करोड ८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा ८ करोड ५७ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

जसमध्ये सानिमाले २ लाख रुपैयाँ, एनएलजीले ३९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ५ करोड २७ लाख रुपैयाँ, युनाइटेडले १ करोड ७८ लाख रुपैयाँ प्रभुले १४ लाख रुपैयाँ भुक्तानी गरेको जनाएका छन् । लघु बीमा कम्पनीहरूमा प्रोटेक्टिभमा १ करोड ३९ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख रुपैयाँ बराबरको दाबी पर्दा ट्रस्ट माइक्रोमा ६५ लाख, तथा नेपाल माइक्रोमा ५९ लाख रुपैयाँको बीमा दाबी परेको छ । जसमध्ये प्रोटेक्टिभले २ लाख, ट्रस्टले २२ लाख र नेपाल माइक्रोले २ लाख रुपैयाँ दाबी भुक्तानी गरेको प्राधिकरणले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit