Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

काठमाडौंका ६२ वटा चोकमा जडान भए हाइ मास्ट लाइट, करिब १ अर्ब लागतमा सडक बत्तीको व्यवस्था गर्दै महानगर

काठमाडौंका ६२ वटा चोकमा जडान भए हाइ मास्ट लाइट, करिब १ अर्ब लागतमा सडक बत्तीको व्यवस्था गर्दै महानगर
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका ६२ वटा चोकमा गरिरहेको हाइ मास्ट लाइट जडान कार्य अन्तिम चरणमा पुगेको छ । हाइ मास्ट बत्ती राख्न आवश्यकता देखिएका ७० वटा चोकमध्ये पहिलो चरणमा ६२ वटा चोकमा पोल गाडेर अहिले बत्ती जडानको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको यस कार्यका लागि सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा काम भएको हो । २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो । यसको समयावधि आउँदो पुस ३० गतेसम्म भए पनि तिहार अघि नै काम सकिएको महाशाखा प्रमुख नेपालीले जानकारी दिए ।

‘६२ वटा चोकमध्ये २१ वटा चोकमा १२ दशमलव ५ मिटरका पोल जडान गरिँदै छ । यस पोलमा ६ वटा बत्ती जडान हुदै छ’ महाशाखा प्रमुख नेपालीले भने, ‘४१ वटा चोकमा १६ मिटर अग्ला पोल गाडिनेछन् । यी पोलमा ८ वटा बत्ती हुनेछन् ।’

यी बत्तीहरु १ हजार वाट क्षमताका हुन् । सेफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरु आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ ।

हाइमास्ट जडान गरिएका चोकहरु

मनोहरा पार्क नरेफाँट, जडीबुटी चोक, कोटेश्वर चोक, तीनकुनेका तीन कुनामा एकएक वटा, अन्तरराष्ट्रिय विमान स्थल प्रवेश द्वार अगाडि र वहिर्गमन द्वार अगाडि, तिलगंगा, गौशाला, मित्रपार्क, गौरी घाट, चावहिल चोक, चुच्चेपाटी चोकमा हाइमास्ट बत्ती जडान गरिएको हो ।

यस्तै सुकेधारा चोक, शिक्षण अस्पताल महाराजगञ्ज चोक, कान्ति अस्पताल, नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि, बानेश्वर चोक, बिजुली बजार आर्क ब्रिज, माइतीघर मण्डला क्षेत्रको नयाँ बानेश्वर तर्फ, नेपाली सेनाको कम्पाउण्डतर्फ र सिंहदरबारतर्फ गरी ३ ठाउँमा, बालाजु बाइपास, बालाजु चोक, नयाँ बस पार्कमा २ वटा, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अगाडि, सोह्रखुट्टे चोक, लैनचौर ग्राउण्ड, लाजिम्पाट, दूग्ध विकास संस्थान अगाडि, गैरीधारा, नारायणहिटी, पब्लिक युथ क्याम्पस, इन्द्रायणी मन्दिर, टेकु पुल, कालीमाटी चोक, कालीमाटी ट्राफिक आइल्याण्ड, कालीमाटी तरकारी बजार, थापाथली पुल नजिक बत्ती राखिएको छ ।

त्रिपुरेश्वर चोक, थापाथली, भद्रकाली, सुन्धारा, न्युरोड गेट, बीर अस्पताल अगाडिको चोक, असन चोक, बसपार्कको मुख्य प्रवेश द्वार, कलंकी चोक, डल्लु पुल वारि एउटा र पारि एउटा, परोपकार, छाउनी वीरेन्द्र सैनिक अस्पताल अगाडि, स्वयम्भू भगवान पाउ, नारायण चौर, लगन, दरबारमार्गबाट रत्नपार्क तर्फको खण्ड, जमल, कान्तिपथ, वडा नम्बर ६ को शान्ति पार्कमा हाइ मास्ट जडान गरिएको छ ।

सडक बत्तीका लागि काम थालिँदै

काठमाडौंमा रातको समयमा पनि निर्धक्क हिँड्न सक्ने वातावरणका लागि चाहिने प्रकाश व्यवस्था गर्न महानगरपालिकाले करिब ९० करोड रुपैयाँ लागतमा सडक बत्तीको व्यवस्था गर्दैछ’ महाशाखा प्रमुख नेपालीले भने ‘रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन महानगरपालिकाले आधुनिक बत्ती जडान गर्न लागेको हो ।’

स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर कायम गराउन, रात्रीकालीन सहरी सौन्दर्यलाई एकनाशको बनाउन ५ हजार ३१८ वटा पोलमा १३ हजार ३४० वटा बत्ती राखिँदैछन् । यो काम अहिले सार्वजनिक खरिद प्रक्रियामा छ। यसका लागि २०८२ असोज १२ गते सार्वजनिक सूचना प्रकाशित भएको छ । काठमाडौंको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर काम गर्ने योजना अनुरुप ४ वटै प्याकेजमा प्रक्रिया अगाडि बढेको नेपालीको भनाइ छ ।

पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडा पर्छन् । वहुवर्षिय योजना अन्तर्गत यी वडामा सडक बत्ती राख्न २६ करोड रुपियाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका १ हजार वटा, ९० वाट क्षमताका २ हजार १५० वटा र १२० वाट क्षमताका ६ सय सडक बत्ती राखिनेछन् । उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रमा सडक बत्ती राख्न वहुवर्षिय योजना अन्तर्गत २८ करोड रुपियाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका ९ सय वटा, ९० वाट क्षमताका २ हजार ५ सय वटा र १२० वाट क्षमताका ६३० वटा बत्ती राखिनेछन् ।

यसैगरी, मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । वहु वर्षे योजना अन्तर्गत यस क्षेत्रमा सडक बत्ती राख्न १२ करोड रुपियाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका ८७० वटा, ९० वाट क्षमताका ८६० वटा र १२० वाट क्षमताका १ सय वटा बत्ती राखिनेछन् ।

पश्चिम क्षेत्रमा वडा नं. १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रमा सडक बत्ती राख्नका लागि बहुवर्षे योजना अन्तर्गत २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका ८ सय वटा, ९० वाट क्षमताका २ हजार ४३० वटा र १२० वाट क्षमताका ४८० वटा बत्ती राखिनेछन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit