Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

देउसी भैलोमा सङ्कलित दुईलाख रकम सडक निर्माणमा सहयोग

देउसी भैलोमा सङ्कलित दुईलाख रकम सडक निर्माणमा सहयोग
विज्ञापन
Advertisement

म्याग्दी (बेनी) । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सडक निर्माणमा सहयोग गरेका छन् । तिहारको अवसरमा स्थानीय हिमाली आमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट दुई लाख रुपैयाँ गाउँमा सडक निर्माण गर्ने योजनामा सहयोग गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो । देउसी भैलोमा सङ्कल भएको चार लाख नौ हजार रकममध्ये दुर्गम र विकट बस्तीको रुपमा परिचित गुर्जा गाउँमा सडक सञ्जालको पहुँच पु¥याउने योजनालाई दुई लाख सहयोग गरिएको आमा समूहका अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताइन् । गाउँमा छिटो मोटरबाटो जोडियोस भन्ने उद्देश्यले आमा समूहको बैठकबाट निर्णय गरेर उक्त सहयोग गरिएको उनले जानकारी दिइन् ।

आइतबार आयोजित एक कार्यक्रममा आमा समूहका अध्यक्ष छन्त्यालले वडा सदस्यद्धय गुनराम छन्त्याल र केआई सिंह छन्त्याललाई उक्त रकम हस्तान्तरण गरिन् । आमा समूहले मौलिककला र संस्कृतिको जगेर्नाका लागि सञ्चालन गरेको मौलिक देउसी भैलोबाट सङ्कलन गरेको दान रकमलाई सडक निर्माणको लागि सहयोग गरी नमूना काम गरेको वडा सदस्य गुनराम छन्त्यालले बताइन् ।

उनका अनुसार, उक्त रकम वडा कार्यालयमार्फत सडक निर्माण योजनाको अगुवाइ गरिरहेको गुर्जा विकासमञ्च पोखरालाई उपलब्ध गराइनेछ। धवलागिरि गाउँपालिका–२ लुलाङदेखि देउरालीहुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पु¥याउन करिब पाँच किलोमिटर सडकको ट्र्याक निर्माण गर्न बाँकी रहेको छ। यसअघि पनि सरकारी बजेटको अतिरिक्त स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले गाउँमा सडक पु¥याउने योजनामा आन्तरिक स्रोत जुटाएरसमेत सडकको ट्र्याक विस्तारको काम गर्दै आएका छन् ।

चालु आर्थिक वर्षभित्र गुर्जा गाउँमा सडकको पहुँच पु¥याउने लक्ष्यकासाथ गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट विनियोजन भएको बजेटलाई परिचालन गर्ने तयारी गरिएको गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । उनका अनुसार लुलाङ–गुर्जा सडकका लागि यसवर्ष सङ्घीय सरकारले समपुरक बजेटबाट एक करोड ४० लाख, गाउँपालिकाले समपुरक साझेदारी बजेट ३५ लाख, सहरी विकास मन्त्रालयबाट तीन करोड र गण्डकी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit