Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

६२ अंकले बढेको शेयर बजारमा साढे चार अर्ब बढीको कारोबार

६२ अंकले बढेको शेयर बजारमा साढे चार अर्ब बढीको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४७ हजार ९४ पटकको कारोबारमार्फत ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको किनबेच भएको छ । यसअघि आईतबार कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर कारोबार भएको थियो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, फ्लोट इन्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंकले बढेका छन् । आइतबार सामान्य अंक मात्र बढेको नेप्से यस दिन भने उच्च अंकले वृद्धि भएको हो ।
आज न्यादि हाइड्रो पवार, बुटवल पावर कम्पनी र एक्सेल डेभलप्मेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको शेयरमूल्य भने ६.३६ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ । कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ, जसको २४ करोड ९४ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको हो ।

नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ भने होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक करिब १ प्रतिशतले घट्दै नकारात्मक क्षेत्रमा रह्यो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit