काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विजयी सुरुवात गरेको छ ।
दोस्रो सम्पन्न खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको हो ।
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भयो ।
उसका लागि अभिषेक तिवारीले २०, मोइन अली र हरमीत सिंहले १९–१९, जिमी निशमले १५, मयन यादवले १४, तथा अनिल शाहले ११ रन जोडे ।
बलिङतर्फ कर्णालीका हुसेन तलात र युनिश ठकुरीले तीन–तीन विकेट लिए भने नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १३२ रन जोड्यो ।
उसका लागि अरिफुल इस्लामले ४३, पवन सर्राफले ३७, दीपक डुम्रेले १३ तथा गुलशन झाले १२ रन जोडे ।
बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।















प्रतिक्रिया दिनुहोस्