Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, यस्ताे छ विगतको लाभांश वितरण रेकर्ड

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, यस्ताे छ  विगतको लाभांश वितरण रेकर्ड
विज्ञापन
Advertisement

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

यस्तो छ विगतको रेकर्ड
बैंकले आर्थिक वर्ष २०८०\०८१ मा ३ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिएको थियो । त्यस्तै, २०७९\०८० मा बोनस नभई ६ प्रतिशत नगद लाभांश मात्र दिएको थियो । त्यस्तै आर्थिक वर्ष
२०७८\०७९ मा ४ प्रतिशत बोनस र ६.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । त्यस्तै, २०७७\७८ मा बैंकले २० प्रतिशत बोनस शेयर १.०५ नगद लाभांश लगानीकर्तालाई दिएको थियो ।

आर्थिक वर्ष २०७६\०७७ मा ८ प्रतिशत बोनस शेयर बोनस शेयर र ०४६प्रतिशत नगद लाभांश दिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७५\०७६ मा ८ प्रतिशत बोनस शेयर र ९.८९ प्रतिशत नगद लाभांश दिएको थियो । आर्थिक वर्ष २०७४\०७५ मा बैंकले ८ प्रतिशत मात्र नगद ९ लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७३\०७४ मा ९ प्रतिशत बोनस शेयर मात्र दिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७२\०७३ मा ८ प्रतिशत बोनस शेयर ८ प्रतिशत नगद लाभांश दिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit