काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर आसपास क्षेत्रमा वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाश डाँडाँमा वृक्षारोपण गरेको जनाएको छ ।
बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले कैलाश डाँडाँमा वृक्षारोपणको सुरुवात गरेका थिए । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, संचालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको बैंकले जनाएको छ।
बैंकले पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू समय समयमा गर्दै आएको उल्लेख गरेको छ ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

















प्रतिक्रिया दिनुहोस्