Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

शेयर बजारमा दोहोरो अंकको सुधार,२६ सयमै उक्लियो नेप्से

शेयर बजारमा दोहोरो अंकको सुधार,२६ सयमै उक्लियो नेप्से
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको बुधवार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक १२.१७ अंकले बढेर २ हजार ६०७.४२ विन्दुमा आइपुगेको छ । यो दिन ३१२ कम्पनीको ९२ लाख कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा युनियन हाइड्रो पावर, हिमालयन डिस्टिलरी, राधि विद्युत कम्पनी, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्टको १५ करोड रुपैयाँदेखि ३८ करोड ५५ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

दोहोरो अंकले बढेको बजारमा माबिङ इनर्जी,उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स, सम्पदा लघुवित्त वित्तीय संस्था, माहुली लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५.१५ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मले बढेको छ। फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था,अभियान लघुवित्त वित्तीय संस्था, विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य ३.२९ प्रतिशतदेखि ७.४८ प्रतिशतले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit