images images images
images images images
images
images
images

२५९४ विन्दुमा आइपुग्यो नेप्से,४ अर्बको कारोबार

images

 काठमाडाैं । साताको पहिलो कारोबार आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक१२.५० अंकले घटेर दुई हजार पाँच सय ९४.८७ विन्दुमा आइपुगेको हो। नेप्से सूचक घटे पनि अघिल्लो साताको तुलनामा कारोबार रकम बढेको छ । बजार घट्न थालेपछि लगानीकर्ताहरु यतिबेला नाफा बुक गरेका छन् ।

यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३३० कम्पनीको ४ अर्ब ७४ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार गर्ने कम्पनीमा कुमारी बैंक प्रमोटर शेयर,न्यादी ग्रुप पावर,शिवम् सिमेन्ट,श्रीनगर एग्रिटिच इन्ड्रटिज, बुटवल पावर कम्पनीको शेयर मूल्य ७ करोड ४ लाख ७९ हजार रुपैयाँदेखि २६ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

images
images

स्वस्तिक लघुवित्त वित्तीय संस्था,एसवाई प्यानेल नेपाल,एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था,अपर स्याङ्गे हाइड्रो पावर, सनराईज फस्ट म्यूचुअल फण्डको शेयर मूल्य ४.७० प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ । घटेको बजारमा सिटी होटल,श्रीनगर एग्रिटिच इष्ड्रटिज, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.५५ प्रतिशतदेखि ६.२६ प्रतिशतसम्मले घटेको छ ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको उपसूचकमध्ये म्यूचुअल फण्ड र बैंकिङ समूहको सूचक सामान्यले बढ्दा अन्य सूचकमा गिरावट आएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्