Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

होटल लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल चयन

होटल लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल चयन
विज्ञापन
Advertisement

काठमाडौं । होटल लेमन ट्री प्रिमियरको सम्पन्न सातौं वार्षिक साधारणसभाले अम्बिका पौडेललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुढानिलकण्ठ हेरिटेजबाट प्रवर्द्धित उक्त होटलले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति बनाएको हो । सभाले शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सिर्जना केसीलाई अन्य सञ्चालक पदमा निर्वाचित गरेको छ । नयाँ नेतृत्वले होटलको व्यवस्थापनमा नयाँ दृष्टिकोण र उत्साह भर्ने अपेक्षा कम्पनीको छ ।

यसैगरी, सभाले कम्पनीका शेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तथा सर्वसाधारणका लागि २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने निर्णय पनि गरेको छ ।

सहभागी शेयरधनीहरूले नयाँ नेतृत्व र कम्पनीको पूँजी योजनाप्रति विश्वास व्यक्त गर्दै दीर्घकालीन प्रगतिको अपेक्षा गरेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit