Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल
विज्ञापन
Advertisement

काठमाडौं । एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गरे ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि भारतका तर्फबाट त्यहाँको आपदा प्रबन्धन प्राधिकरणका प्रमुख सिंह सो संस्थाको अध्यक्ष हुनुहुन्थ्यो । बैठकमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स र श्रीलङ्काका सदस्यहरु सहभागी रहेको थियो ।

सन् २०२५–२०२६ का लागि एडिपिसिको अध्यक्षको जिम्मेवारी ग्रहणपछि कार्यकारी प्रमुख भट्टले अध्यक्षका रुपमा आफूले एडिपिसीको शासकीय प्रबन्ध, नेतृत्व र संस्थागत विकासको सवलीकरणमा बोर्ड सदस्यको थप क्रियाशीलताको अपेक्षा गरेको रहेको प्राधिकरणले जनाएको छ ।

उनले एडिपिसिका सदस्य राष्ट्रहरु, कार्यक्षेत्र रहेका राष्ट्रहरुका साथसाथै क्षेत्रीय तथा अन्तरराष्ट्रिय परिदृश्यमा दिगो विकास लक्ष्यहरु हासिल गर्न विपद् तथा जलवायु जोखिम न्यूनीकरणलाई अगाडि बढाउन एडिपिसिको विशिष्ट स्थान रहेको बताए ।

जिम्मेवार ग्रहणलगत्तै एडिपिसी बोर्ड अफ ट्रष्टीको छैटौँ बैठक अध्यक्ष भट्टको अध्यक्षतामा बसेको थियो । एडिपिसिले एसिया र प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनको लागि क्षमता अभिबृद्धिलगायत क्षेत्रीय कार्यक्रमको नेतृत्व गर्दछ । यी पहलहरु दीर्घकालीन उत्थानशीलता निर्माण गर्न नीतिगत समर्थन र बहुसरोकारवाला सहकार्यमा केन्द्रित रहेका छन् ।

एडिपिसी एक स्वायत्त अन्तरराष्ट्रिय संस्था हो । यसको मुख्यालय थाइल्याण्डको बैंककमा रहेको छ । यस अवधिमा सेन्टरको सह–अध्यक्षता पाकिस्तानले गर्नेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit