images images images
images images images
images
images
images

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक

images

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।

आयोगको आज (बिहीबार) बसेको बैठकले तत्कालीन घटनाबारे अनुसन्धानका लागि पूर्वआईजीपी चन्द्रकुबेर खापुङलाई आयोगमा बोलाएको छ। साथै उनलाई आयोगले हालका लागि विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ । खापुङ कार्यकाल सकेर आजैदेखि सेवा निवृत भएका हुन् ।

images
images

यस्तै, आयोगले खापुङलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने बताएको छ । आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा खापुङलाई उपत्यका बाहिर जानका लागि समेत पूर्व स्वीकृति लिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आयोगले पत्राचार गर्ने उल्लेख गरिएको छ ।

आयोगले घटनाबाट भएको क्षतिको विवरण अझै बाँकी रहेमा आयोगको ठेगानामा वा सिंहदरबारस्थित कार्यालयमा उपलब्ध गराउन सबै सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्