Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इनड्राइभ नेपाल प्रिमियर लिग २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर

इनड्राइभ नेपाल प्रिमियर लिग २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको प्रमुख राइड–हेलिङ एप इनड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्ने भएको छ। यस साझेदारीले देशको सबैभन्दा ठूलो टी–२० प्रतियोगिता र विश्वभर लोकप्रिय रहँदै आएको मोबिलिटी प्लेटफर्म इनड्राइभलाई एकै ठाउँमा जोड्ने काम गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

इनड्राइभले निष्पक्षता, पारदर्शिता र स्वतन्त्रतामा आधारित प्रत्यक्ष भाडा–तोक्ने मोडेलमार्फत नेपाली बजारमा विशेष पहिचान बनाएको छ। एनपीएलसँगको सहकार्यले ब्राण्ड भिजिबिलिटी थप मजबुत गर्ने र खेलक्षेत्र तथा युवासँगको सम्पर्क विस्तार गर्ने अवसर प्रदान गर्ने इनड्राइभले जनाएको छ।

इनड्राइभकी नेपाल कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले एनपीएलसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै भनिन्, ‘नेपालकै प्रतिष्ठित क्रिकेट लिगसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ। क्रिकेटले देश–विदेशमा रहेका सबैलाई जोड्ने शक्ति राख्छ, र यस साझेदारीले हामीलाई त्यो ऊर्जा नजिकबाट अनुभव गर्ने अवसर दिएको छ। इनड्राइभको पारदर्शी तथा निष्पक्ष मोडेल क्रिकेटको भावना र एनपीएलको सिद्धान्तसँग पूर्ण मेल खान्छ।’

नेपाल क्रिकेट एसोसिएसन अफ नेपाल  (क्यान) का सचिव पारस खड्काले इनड्राइभलाई स्वागत गर्दै भने, ‘एनपीएलको आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा इनड्राइभलाई पाउँदा हामी खुशी छौँ। समुदायलाई सशक्त बनाउने इनड्राइभको प्रतिबद्धता र क्रिकेटमार्फत समावेशिता प्रवद्र्धन गर्ने हाम्रा उद्देश्य मिल्छन्। यस सहकार्यले फ्यान अनुभवलाई अझ समृद्ध बनाउनेछ भन्नेमा हामी विश्वास गर्छौँ।’

इनड्राइभ र एनपीएलबीचको यो साझेदारीले समुदाय–केन्द्रित पहल, समान पहुँच र सहकार्य प्रवद्र्धन गर्ने दिगो लक्ष्यलाई अगाडि बढाएको छ। स्थानीय ड्राइभर पार्टनरलाई सशक्त बनाउन, मोबिलिटी सेवामा सुधार ल्याउन तथा राष्ट्रिय खेलकुदलाई समर्थन गर्न इनड्राइभ सक्रिय रूपमा योगदान गरिरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit