Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

एनआईसी एशिया बैंकले शून्य प्रिमियममा ५० करोड रुपैयाँसम्म सेयर कर्जा दिने

एनआईसी एशिया बैंकले शून्य प्रिमियममा ५० करोड रुपैयाँसम्म सेयर कर्जा दिने
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले सेयर धितो राखेर कर्जा प्रवाह गरिने ‘एनआईसी एशिया सेयर लोन’ योजना सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा ‘सेयर लोन’ योजना ल्याएको हो । यो योजनामार्फत बैंकले लगानीकर्तालाई सहज, किफायती र लचिलो कर्जा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

यस अन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन् ।

बैंकले ग्राहकहरूको आवश्यकता, बजारको अवस्था एवं समयको मागलाई ध्यानमा राख्दै अर्थतन्त्रको महत्वपूर्ण पिलर मानिने सेयर बजारलाई सम्बोधन गर्ने गरि उक्त कर्जा योजना ल्याएको जानकारी गराएको छ ।

प्रतिस्पर्धी ब्याजदरमा छिटो तथा पारदर्शी सेवा र लचिलो भुक्तानी सुविधाले यो कर्जालाई अझ प्रभावकारी बनाउन बैंकले एकद्वार प्रणालीमा आधारित ‘कर्जा सहायता केन्द्र’ स्थापना गरी ग्राहकका सुझाव, गुनासो तथा जिज्ञासाको समयमै समाधान गर्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit