Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

प्रगतिलाई गति दिन व्यवसायसँगै अघि बढ्दै फोटोन गाडीहरू

प्रगतिलाई गति दिन व्यवसायसँगै अघि बढ्दै फोटोन गाडीहरू
विज्ञापन
Advertisement

काठमाडौं ।इन्धन मूल्यवृद्धि र सफा सवारी साधनको बढ्दो मागबीच फोटोनले नेपालमा विश्वसनीय कमर्सियल मोबिलिटी पार्टनरको रूपमा आफ्नो उपस्थिति मजबुत बनाएको छ। उद्यमी, साना व्यवसाय, शैक्षिक संस्थानदेखि यातायात व्यवसायीहरूलाई समेत लक्षित गर्दै फोटोनका इलेक्ट्रिक तथा कमर्सियल गाडीहरू व्यापारिक संचालनलाई किफायती, दक्ष र दिगो बनाइरहेका छन्।

विज्ञापन
Advertisement
Advertisement

साना व्यवसायीबीच फोटोन TM1 एक लोकप्रिय विकल्प बन्दै गएको छ। बनेपाका व्यवसायी जितबहादुर तामाङका अनुसार TM1 ले दिएको पिकअप क्षमता, आरामदायी ड्राइभ र उकालो–ओरालोमा भरपर्दो ब्रेकिङले दैनिक काम निकै सहज भएको छ। पेट्रोल–डिजेल गाडीको तुलनामा मर्मत खर्च उल्लेख्य रूपमा घटेको र घरमै चार्ज गर्न मिल्ने सुविधाले यसको उपयोगिता थप बढाएको उनी बताउँछन्। TM1 लाई उनले “कमाईको राजा” भनेर वर्णन गरेका छन्।

शैक्षिक संस्थाहरूले पनि सुरक्षित, शान्त र वातावरणमैत्री यातायातका लागि फोटोनका ईभी भ्यान रोजिरहेका छन्। रेहडन एजुकेसन फाउन्डेसनका मुख्य प्रशासक तिलकराम सिंखडाले फोटोन ईभी भ्यानको कम्पनरहित, स्मूथ र शान्त ड्राइभ अनुभवले विद्यार्थी तथा अभिभावक दुवैमार्फत राम्रो प्रतिक्रिया पाएको बताए। आधुनिक सुरक्षा प्रणाली, एसी र मजबुत ब्याट्री प्रदर्शनले विद्यालय यातायातमा यसको विश्वासयोग्यता बढाएको उनले बताए।

यस्तै, समाखुसी यातायातमा २५ वर्ष अनुभव भएका चालक ईश्वर प्रसाद न्यौपानेले फोटोन ईभी भ्यानलाई “वीआईपी स्तरको आराम” भएको बताए। उनलाई अनुसार गाडी सजिलै चल्ने, दिनभर काम चल्ने ब्याट्री रेन्ज र देशभरै बढ्दो चार्जिङ स्टेसनहरूले व्यावसायिक सञ्चालनलाई सहज बनाइरहेको छ।

किफायती सञ्चालन खर्च, उत्कृष्ट प्रदर्शन र देशभर उपलब्ध सेवा–सपोर्ट नेटवर्कका कारण फोटोन गाडीहरू नेपाली व्यवसायका लागि भरपर्दा विकल्पका रूपमा स्थापित हुँदै गएका छन्। कम्पनीले दिगो र भविष्यमुखी यातायात समाधानमार्फत नेपाली उद्योग–व्यवसायलाई थप सक्षम बनाउने लक्ष्य राखेको जनाएको छ।

एमएडब्लू वृद्धि कमर्सियल बारे
एमएडब्लू वृद्धि कमर्शियल नेपालमा कमर्शियल गाडी आपूर्ति गर्ने प्रतिष्ठित संस्था हो, जसले फोटोन गाडीहरूको अधिकृत वितरकको रूपमा कार्य गर्दै आएको छ। कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै उच्च गुणस्तरका गाडी, भरोसायोग्य सेवा र देशभर विस्तार भइरहेका शोरुम तथा सर्भिस नेटवर्कमार्फत समग्र मोबिलिटी समाधान प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit