Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

यामाहा चङ्गा चेट अभियान : बुटवलकी सरस्वतीले जितिन् १० लाख ३० हजार, पोखराका तेजबहादुरलाई यामाहा आर१५ एस बाइक

यामाहा चङ्गा चेट अभियान : बुटवलकी सरस्वतीले जितिन् १० लाख ३० हजार, पोखराका तेजबहादुरलाई यामाहा आर१५ एस बाइक
विज्ञापन
Advertisement

काठमाडौं । यामाहा नेपालले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान सम्पन्न गरेको छ। अभियानअन्तर्गत कम्पनीले नगद पुरस्कारदेखि आकर्षक उपहारसम्म प्रदान गर्दै विजेताहरूलाई सम्मान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार अभियानको सबैभन्दा ठूलो पुरस्कार बुटवलकी सरस्वती खनाल रायमाझीले जितेकी छन्। बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेकी उनले १० लाख ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी हुन्। कम्पनीका अनुसार अभियानअन्तर्गत देशभरका हजारौँ ग्राहकले १० हजारदेखि १० लाख रुपैयाँसम्मका नगद पुरस्कार जितेका छन्। यसका अतिरिक्त साप्ताहिक विजेताहरूलाई एप्पलका विभिन्न विद्युतीय उपकरणसमेत प्रदान गरिएको थियो। अभियान अवधिभर १० हजारभन्दा बढी ग्राहकले यस्ता उपकरण जित्न सफल भएका छन्।

यस अभियानमा ग्राहकको सहभागिता पनि उत्साहजनक देखिएको कम्पनीले जनाएको छ। अभियानका लागि कुल एक लाखभन्दा बढी ग्राहकले नाम दर्ता गराएका थिए। त्यस्तै, पोखराका तेजबहादुर थापाले नयाँ यामाहा आर१५ एस मोटरसाइकल जितेका छन्। पोखरास्थित यामाहाको आधिकारिक विक्रेता भिएडब्लू इन्टरप्राइजेज प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेका थापाले उक्त मोटरसाइकल पुरस्कारस्वरूप प्राप्त गरेका हुन्।

नेपालभर १०५ भन्दा बढी आधिकारिक विक्रेताको सञ्जाल रहेको यामाहाले आफ्ना मोटरसाइकल तथा स्कुटर देशभर उपलब्ध गराउँदै आएको छ। कम्पनीले बिक्री, मर्मतसम्भार र स्पेयर पार्ट्स गरी तीनवटै सेवा एकै ठाउँबाट उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको यामाहाले बिक्रीपछिको सेवा तथा सक्कली पार्टपुर्जाको उपलब्धतामार्फत नेपाली दुईपाङ्ग्रे सवारी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit