Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

सुनको मूल्य दुई लाख ५२ हजार रुपैयाँ नाघ्यो

सुनको मूल्य दुई लाख ५२ हजार रुपैयाँ नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेर साढे २ लाख रुपैयाँ नाघेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेर २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको हो।

सुनको भाउ यसअघि असोज ३१ गते उच्च विन्दुमा (प्रतितोला २ लाख ५८ हजार) रुपैयाँ पुगेर ओरालो लागेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७५ डलर र त्यति नै परिमाणको चाँदी ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit