Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल राष्ट्र बैंक आज मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ। आर्थिक वर्षको पहिलो त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा गर्ने कानुनी व्यवस्था अनुसार केन्द्रीय बैंकले मंसिर १५ मै समीक्षा सार्वजनिक गर्न लागेको हो। गत वर्षभन्दा एक दिन ढिलो गर्दै राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बसालेर समीक्षा पारित गर्ने तयारी गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आज सार्वजनिक हुने मौद्रिक नीति समीक्षा अधिक तरलता व्यवस्थापन, कर्जा विस्तार प्रवर्द्धन र पूँजी बजारको मनोबल सुधारमा केन्द्रित हुन्छ भन्नेबारे वित्तीय क्षेत्रको ध्यान तानिएको छ।

हाल बैंक तथा वित्तीय प्रणालीको मुख्य चुनौती अधिक तरलता भएकाले समीक्षामा यसको व्यवस्थापन नै प्रमुख एजेन्डा रहने संकेत देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा झन्डै ११ खर्ब रुपैयाँ बराबरको निष्क्रिय तरलता थुप्रिनु, रेमिट्यान्स असाधारण रूपमा बढिरहनु र कर्जा माग कमजोर रहनुले प्रणालीमा दबाब बढाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit