काठमाडौं। महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। ‘बैकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ विधा अन्तर्गत बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको हो।
भारतको नयाँ दिल्लीमा आइतबार आयोजित एक कार्यक्रमका बीच इन्डिया बिजनेश अवार्ड २०२५ कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।
महालक्ष्मी विकास बैंकको तर्फबाट बैंकका वरिष्ठ अधिकृतहरुले उक्त सम्मान ग्रहण गरे। बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ्ग सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।
दुई देश बीच सीमा–पार (क्रस बोर्डर) वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्यहरु गर्दै आएको महालक्ष्मी विकास बैंकलाई यस अवार्डबाट सम्मान गरिएसँगै नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
नेपाल र भारतबीच सीमा पार भुक्तानीमा आवद्ध भएसँगै यस अवार्डको प्राप्ती बैंकको लागि थप महत्वपुर्ण सावित हुने विश्वास समेत बैंकले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्