Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

सामान्य अंकले घट्यो नेप्से

सामान्य अंकले घट्यो नेप्से
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ३.०२ अंकले घटेर २ हजार ६०६.६७ विन्दुमा बन्द भएको हो । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । यो दिन ४ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन आइतबार पाँच अर्ब माथिको कारोबार भएको थियो। पछिल्लो समय शेयर बजारमा उत्तार चढाब आइरहेको छ । धितोपत्र र ऋणपत्रगरी मात्र यो दिन ३३१ कम्पनी कारोबारमा आएका थिए ।

विज्ञापन
Advertisement
Advertisement

न्यादी ग्रुप पावर, सागर डिस्टिलरी, पियोर इनर्जीको शेयर मूल्य ९ करोड ७६ लाख रुपैयाँदेखि ५५ करोड रुपैयाँसम्मको शेयर कारोबार भएको हो । सामान्य घटेको बजारमा उपर स्याङ्गे हाइड्रो पावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, श्रीनगर एग्रिटिच र इनवा हाइड्रो पावर कम्पनीको ९.०३ देखि १० प्रतिशतसम्मले बढेको छ।

त्यस्तै सर्पोट माइक्रो फाइनान्स, मेन्छियम् हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर मूल्य ३.६८ प्रतिशतदेखि ५.१६ प्रतिशतसम्मले बढेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit