Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न विराट ट्रेड एक्स्पो आयोजना हुँदै, ४० करोडको कारोबार हुने अपेक्षा

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न विराट ट्रेड एक्स्पो आयोजना हुँदै, ४० करोडको कारोबार हुने अपेक्षा
विज्ञापन
Advertisement

मोरङ । कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहन गर्न विराटनगरमा विराट ट्रेड एक्स्पो आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार सङ्घ विराटनगरले आगामी पुस दोस्रो सातादेखि अन्तर्राष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने लागेको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

विज्ञापन
Advertisement
Advertisement

विराटनगर–१ जिल्ला प्रहरी कार्यालय मोरङ नजिक आगामी पुस ९ देखि १९ गतेसम्म विराट ट्रेड एक्स्पो २०२५ आयोजना हुने मोरङ उद्योग व्यापार सङ्घले जानकारी दिएको छ। एक्स्पोका संयोजक अमितकुमार सारडाका अनुसार एक्सपोमा २३० वटा स्टलहरु रहनेछन् भने अहिलेसम्म २६ वटा स्टल विदेशीहरुले बुक गरिसकेका छन् ।

एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका साथै भारत, बङ्गलादेश, पाकिस्तानका उत्पादित वस्तुहरु रहने संयोजक सारडाले बताए । एक्स्पो आयोजनाका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च हुने र करिब ४० करोडको कारोबार हुने बताइएको सङ्घका अध्यक्ष अनुपम राठीले जानकारी दिए ।

सङ्घले यसअघि विसं २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ मा व्यापार मेला आयोजना गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit