Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

करेन्ट नूडल्स अब हरित ऊर्जा प्रयोग गर्दै उत्पादन

करेन्ट नूडल्स अब हरित ऊर्जा प्रयोग गर्दै उत्पादन
विज्ञापन
Advertisement

कपिलवस्तु । नुडल्स तथा स्न्याक्स उद्योगको अग्रणी ब्रान्ड करेन्ट नूडल्स का निर्माता यशोदा फुड्सले आफ्नो उत्पादन प्रक्रियालाई दिगोपनातर्फ उन्मुख बनाउँदै ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार प्लान्ट सफलतापूर्वक जडान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको चन्द्रौटा (कपिलवस्तु) स्थित प्लान्टमा जडान गरिएको यो सौर्य प्रणालीले २३ नोभेम्बर २०२५ देखि स्वच्छ ऊर्जा उत्पादन गर्न सुरु गरेको छ।

यससँगै यशोदा फुड्स नेपालमै पहिलो पटक सौर्य ऊर्जामै आधारित नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ। कम्पनीले आफूलाई ‘नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी’ को रुपमा स्थापित गर्न सफल भएको छ। साथै कपिलवस्तु औद्योगिक करिडोरमा छानामाथि सौर्य ऊर्जा प्रयोग गर्ने पहिलो उद्योग पनि बनेको छ।

कम्पनीका अनुसार, सौर्य प्लान्टले उद्योगलाई आवश्यक पर्ने करिब ८० प्रतिशत विद्युत माग पूरा गर्नेछ, जसले गर्दा विद्युत खर्च ६५ प्रतिशत ले घट्ने अनुमान गरिएको छ। प्रयोगविहीन रहेको छानाको सदुपयोग हुने र कार्बन उत्सर्जनमा ठूलो मात्रामा कमी आउने कम्पनीले जनाएको छ।

यस परियोजनाको निर्माण प्राइम रिन्यूएवल्स प्रालिले गरेको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सुविधा उपलब्ध गरायो। त्यस्तै, जर्मन सरकारले सहयोग गरेको डीकेटीआई परियोजना अन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ले व्याज अनुदानसहित सहायता प्रदान गरेको हो।

उद्घाटन समारोहमा बोल्दै यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. शाहले भने,
‘नुडल्स तथा स्न्याक्स क्षेत्रमा नेपालकै पहिलोपटक हामीले चन्द्रौटा प्लान्टमा सौर्य प्रणाली जडान गर्न पाएका छौँ, यो हामी सबैका लागि गर्वको विषय हो। ८५६ केडब्ल्यूपी क्षमताको प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुनेछ, जसले २,००० टन CO₂उत्सर्जन बचत गर्नेछ। लागत घट्ने भएकाले हामी अझ प्रतिस्पर्धी बन्नेछौँ।’

AEPC का कार्यक्रम प्रमुख सन्तोष राईले यो परियोजना नेपालमा औद्योगिक डिकार्बोनाइजेशनलाई अघि बढाउन मद्दत गर्ने बताउँदै भने, ‘यस्ता पहलहरूले अन्य उद्योगहरूलाई पनि स्वच्छ ऊर्जा अपनाउन प्रेरित गर्नेछ। जर्मन सहयोगले यस्ता परियोजनाको दिगो सफलतामा महत्त्वपूर्ण योगदान दिएको छ।’

प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गले भने, ‘हामीले तीन महिनाभित्र आधुनिक सोलार पीभी प्रविधि, बाइफेसियल प्यानल र ब्क्ष्–सक्षम स्मार्ट इनभर्टर प्रयोग गरेर परियोजना सफलतापूर्वक सम्पन्न गरेका छौँ। यस्तो अत्याधुनिक प्लान्ट हस्तान्तरण गर्दा हामी अत्यन्त खुशी छौँ।

विश्वभर सौर्य ऊर्जा वातावरणमैत्री, किफायती र दीगो विकल्पका रूपमा तीव्र गतिमा विस्तार भइरहेको बेला नेपालका उद्योगहरूले पनि रूफ–टप सोलार समाधान तीव्र रूपमा अपनाइरहेका छन्। ब्भ्एऋका अनुसार हालसम्म ५० भन्दा बढी उद्योगमा २५ मेगावाट संयुक्त क्षमताका सौर्य प्रणाली जडान भइसकेका छन् र यो संख्या दैनिक रूपमा बढिरहेको छ।

नेपाल जलविद्युतमा धनी भए पनि, सुख्खा मौसममा उत्पादन घट्ने हुँदा सौर्य ऊर्जा भण्डारणसहितको संयोजन एक प्रभावकारी वैकल्पिक स्रोत बन्दै गएको छ। नेपाल विद्युत प्राधिकरण AEPC ले उद्योगहरूका रूफ–टप प्लान्टलाई नेट–मिटरिङ सुविधा दिएको छ, जसअनुसार अतिरिक्त ऊर्जा राष्ट्रिय ग्रिडमा प्रवाह गर्न सकिन्छ।

उद्घाटन कार्यक्रममा AEPC का अधिकारीहरू सन्तोष राई, निरज सापकोटा, तारा प्रसाद पोखरेल तथा यशोदा फुड्स र प्राइम रिन्यूएवल्सका वरिष्ठ प्रतिनिधिहरू उपस्थित थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit