Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा आयोजित हुने

१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा आयोजित हुने
विज्ञापन
Advertisement

रूपन्देही । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ हुने भएको छ। ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नारा सहित आयोजना हुने यस प्रदर्शनीका बारेमा संघले बुटवलमा पत्रकार भेटघाटमार्फत जानकारी दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

संघका अनुसार २०४५ सालमा नेपालमै पहिलो औद्योगिक प्रदर्शनी आयोजना गरेको रुपन्देही उद्योग संघले २०५३ सालदेखि निरन्तर प्रदर्शनी गर्दै आएको छ। यसपटक भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा कार्यक्रम हुने भएका कारण व्यवस्थापन, सजावट र संरचना अघिल्लो प्रदर्शनीहरूभन्दा निकै भिन्न र उच्चस्तरीय हुने बताइएको छ। प्रदर्शनी स्थलमा स्वदेशी उत्पादन, कृषि, पर्यटन तथा प्रविधिसम्बन्धी सामग्रीका लागि छुट्टाछुट्टै १० पेभिलियन रहनेछन्।

स्वदेशी उद्योग र उत्पादनको प्रवर्द्धनलाई मुख्य उद्देश्यका रूपमा लिइएको यस महोत्सवमा ‘मेक इन नेपाल’ अभियानलाई विशेष प्राथमिकताका साथ अघि बढाइने संघले जनाएको छ। स्वदेशी उत्पादनलाई बजारमा स्थापित गर्दै उपभोक्तालाई स्वदेशी वस्तु प्रयोग गर्न प्रोत्साहन गर्नु प्रदर्शनीको प्रमुख लक्ष्य रहेको बताइएको छ। प्रदर्शनीमार्फत नयाँ प्रविधिको खोज, कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, युवा तथा महिला उद्यमीलाई प्रोत्साहन, सीपमूलक रोजगारी सिर्जना र कला–संस्कृतिको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

करिब ५०० स्टल रहने उक्त प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, सूचना प्रविधि, खाद्यान्न, बेकरी तथा कन्फेक्सनरीलगायत विभिन्न क्षेत्रका उत्पादन प्रदर्शन गरिनेछ। करिब ८ लाख दर्शकले प्रदर्शनी अवलोकन गर्ने र करिब ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

महोत्सवलाई मनोरञ्जनात्मक र सहभागितामूलक बनाउन लोकदोहोरी, आधुनिक गीत संगीत, हास्य–व्यङ्ग्य कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य, कलेजस्तरीय वक्तृत्वकला, लोकभजन प्रतियोगिता, प्रदर्शनी आइडल, तथा विभिन्न सांस्कृतिक प्रस्तुतीहरू पनि आयोजना गरिनेछ। प्रदर्शनी सञ्चालनका लागि १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, विशेष मूल्यांकन समिति तथा ३० वटा उपसमितिहरू गठन गरिएको संघले जानकारी दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit