Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन

यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन
विज्ञापन
Advertisement

बुटवल । यामाहा नेपालले बुटवलमा नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य उद्घाटन गरेको छ। उक्त शोरूमको सञ्चालन ८८बाइकर्ज बुटवल प्रालि८८ले गर्नेछ। यो शोरूम यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिअन्तर्गतको महत्वपूर्ण उपलब्धि मानिएको छ, जसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम रिटेल तथा बिक्री–सेवा उपस्थितिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

विज्ञापन
Advertisement
Advertisement

उद्घाटन समारोहमा यामाहा मोटर इन्डिया सेल्स प्रा।लि।का निर्देशक हिरोशी सेतोगवा, एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल, यामाहा मोटर इन्डिया सेल्स प्रा।लि।का जिएम (एक्सपोर्ट मार्केटिङ) राजदीप सिंह ग्रेवाल, तथा एमएडब्लु राइड्स प्रा.लि।का कार्यकारी निर्देशक एवं सिइओ दीपक कुमार अग्रवाललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बैंकिङ तथा कर्पोरेट क्षेत्रका प्रतिनिधि, व्यवसायी र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।

नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम रिटेल पहिचानअनुसार डिजाइन गरिएको छ। यसमा थ्री–एस (क) पूर्वाधार—सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा एकै छानामुनि उपलब्ध गराइएको छ। तालिमप्राप्त प्राविधिक, अत्याधुनिक उपकरण तथा जेनुइन स्पेयर पार्ट्सका लागि छुट्टै व्यवस्था गरिएको यस शोरूमले उच्चस्तरीय बिक्रीपछिको सेवा प्रदान गर्ने यामाहाले जनाएको छ।

‘ब्लु स्क्वायर’मा रहेको ‘ब्लु’ शब्दले यामाहाको प्रतिष्ठित ब्रान्ड कलरलाई जनाउँछ भने ८८‘स्क्वायर’८८ले ‘वान–स्टप शप’ अवधारणालाई प्रतिनिधित्व गर्छ। यहाँ ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज र राइडिङ गियरहरू एकै स्थानबाट खरिद गर्न सक्नेछन्। आकर्षक र आधुनिक रिटेल वातावरणले ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नुका साथै यामाहाको स्टाइल, प्रविधि र राइडर–केन्द्रित सोचलाई झल्काउँछ।

उद्घाटन समारोहमा बोल्दै एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै ब्लु स्क्वायर अवधारणाको महत्वबारे प्रकाश पारे। उनले भने
“ब्लुले सधैं यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङ डीएनएको प्रतिनिधित्व गर्दै आएको छ। ब्लु स्क्वायर शोरूम यही दर्शनलाई व्यवहारमा उतार्ने उद्देश्यले निर्माण गरिएको हो। यहाँ बिक्री र सेवामात्र होइन, यामाहाले परिकल्पना गरेको जीवनशैली र आतिथ्य पनि अनुभूत गर्न सकिन्छ।”

त्यसैगरी, यामाहा मोटर इन्डिया सेल्स प्रा।लि।का निर्देशक हिरोशी सेतोगवाले ग्राहक सन्तुष्टिप्रति यामाहाको प्रतिबद्धता दोहोर्‍याउँदै बाइकर्ज बुटवलले यस क्षेत्रमा नयाँ मापदण्ड स्थापना गर्ने विश्वास व्यक्त गरे। उनले भने, “यामाहामा ग्राहक सन्तुष्टि सधैं पहिलो प्राथमिकता हो। हामी विश्वस्त छौं कि बुटवल ब्लु स्क्वायर शोरूमले यामाहाको विश्वस्तरीय मापदण्ड कायम राख्दै उत्कृष्ट सेवा र प्रिमियम अनुभव प्रदान गर्नेछ।”

कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले ग्राहक सन्तुष्टि अभिवृद्धि, ब्रान्ड पहिचान सुदृढीकरण र नेपालमा विश्वस्तरीय सेवा विस्तारमा यामाहाले गर्दै आएको निरन्तर प्रयासको प्रशंसा गरेका थिए। उनीहरूका अनुसार ब्लु स्क्वायर केवल रिटेल स्पेस मात्र नभई यामाहाको पर्फर्मेन्स, स्टाइल र विश्वासमा आधारित जीवनशैलीको प्रतिबिम्ब हो।

एमएडब्लु राइड्स प्रा।लि। अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले देशभर नवप्रवर्तन, प्रिमियम अनुभव र भरपर्दो सेवाका विश्वस्तरीय मापदण्डलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ। बुटवल ब्लु स्क्वायर शोरूमको उद्घाटन नेपालमा मोबिलिटी र राइडिङ संस्कृतिलाई नयाँ आयाम दिने यामाहाको यात्रामा अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit