काठमाडाैं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२५ को अवसरमा लगानीकर्ता तथा सर्वसाधारणको वित्तीय साक्षरता र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशव्यापी रूपमा विभिन्न शिक्षा तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ।
लगानीकर्तालाई आर्थिक रूपमा सबल बनाउने, जिम्मेवार वित्तीय निर्णय गर्न प्रेरित गर्ने तथा दीर्घकालीन वित्तीय स्थायित्व कायम गर्ने लक्ष्यका साथ मंसिर २५ गतेदेखि पौष २ गतेसम्म विभिन्न कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। क्यापिटलले केही कार्यक्रमहरू सो अवधिपछि पनि निरन्तर रूपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माछापुच्छ्रे क्यापिटलले मिति २०८२/०८/२९ गते ग्वार्कोस्थित क्विट इन्टरनेशनल कलेज का एमबीए संकायका विद्यार्थीहरूका लागि वित्तीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो। त्यसैगरी, मिति २०८२/०९/०१ गते हेटौंडा–२, मकवानपुरस्थित हेटाैंडा बहुमुखि क्याम्पस का बीबीए संकायमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको थियो।
त्यस्तै, मिति २०८२/०९/०२ गते चितवनको सौराहास्थित रिजनल हाेटल एसाेशिएसन तथा रेष्टुरेन्ट एण्ड वार एसाेशिएसनका सदस्य तथा कर्मचारीहरूका लागि सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो। सोही दिन स्याङ्जाको वालिङमा रहेको अर्जन चाैपारिक गाउँपालिकामा कार्यरत कर्मचारी तथा स्थानीय बासिन्दाहरू माझ समेत वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको क्यापिटलले जनाएको छ।
यस्ता कार्यक्रममार्फत लगानीकर्ताहरूलाई सही लगानी सम्बन्धी जानकारी दिनुका साथै वित्तीय जोखिम व्यवस्थापन, लगानीका अवसर र जिम्मेवार वित्तीय व्यवहारबारे सचेत गराउने उद्देश्य रहेको माछापुच्छ्रे क्यापिटलले बताएको छ। क्यापिटलले यस प्रकारका सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा गर्दै आएको जनाएको छ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। सार्वजनिक लिमिटेड कम्पनीका रूपमा स्थापित यस मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

















प्रतिक्रिया दिनुहोस्