Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर निष्काशन गर्न नेपाल लाइफ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर निष्काशन गर्न नेपाल लाइफ क्यापिटल नियुक्त
विज्ञापन
Advertisement

 काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाखको आधारमा प्रति शेयर एक सय रुपैयाँ अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १ः०.६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

यसअनुसार कम्पनीले कुल ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण शेयर जारी गर्नेछ, जसको कुल मूल्य रु। ४५ करोड ३६ लाख बराबर हुनेछ।

नेपाल लाइफ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्बन्धी सम्झौता पौष ३ गते बिहीबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको बसुन्धारा, काठमाडौंस्थित कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्पन्न भएको हो।

सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिनाज्यू र नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेज्यूले हस्ताक्ष गरेक हुन् ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालको कृषि क्षेत्रको व्यावसायिक विकासका लागि कृषक र उपभोक्तालाई जोड्ने उद्देश्यका साथ संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रूपमा कार्यरत अग्रणी कम्पनी हो।

कम्पनीले कृषकहरूका लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगको विकास तथा उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादन उपलब्ध गराउने व्यवसाय सञ्चालन गर्दै आएको छ।

नेपाल लाइफ क्यापिटल लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी हो। यसले धितोपत्र बोर्ड नेपालबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी सेवा प्रदान गर्न अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit