Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड, ‘ख’ वर्गका बैंकले १८ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

मुद्दती निक्षेपमा २०२५ डिसेम्बर २६ देखि २०२६ डिसेम्बर २६ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ । मुद्दती निक्षेपको रूपमा लिन चाहेको रकम खुलाइ पुस ७ गते भित्र ब्याजदर प्रस्ताव आह्वान गर्न भनिएको छ ।

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा ९एनपीएल० अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ९खुद एनपीएल० अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।

खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको लगायतका शर्त राखिएको छ । बैंक तथा वित्तीय संस्थाले अन्य थप शर्त राखी प्रस्ताव पेश गर्न पाउने छैनन् । यदि थप शर्त राखेर प्रस्ताव भएको अवस्थामा त्यस्तो शर्त मान्य हुने छैन । कोषको रकम लगानी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गरेको निर्णय अन्तिम हुने राष्ट्र बैंकले जनाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit