Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

अर्थमन्त्री खनालद्वारा स्थानीय तहमा करदाता सेवा कार्यालयको काम हस्तान्तरण

अर्थमन्त्री खनालद्वारा स्थानीय तहमा करदाता सेवा कार्यालयको काम हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मोरङस्थित केराबारी गाउँपालिकाको करदाता सेवा कार्यालय भवन हस्तान्तरण गरेका छन् । भवन हस्तान्तरण गर्दै अर्थमन्त्री खनालले आजको दिन प्रशासनिक संघीयतामा ऐतिहासिक दिन भएको बताए ।

विज्ञापन
Advertisement
Advertisement

उनले वित्तीय संघीयतालाई अघि बढाएपनि प्रशासनिक संघीयता कमजोर रहेको अवस्थामा कार्यालय भवन हस्तान्तरणले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै प्रशासनिक संघीयतालाई थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै उनले करदातालाई सहजता, कर भुक्तानीको लागत र समय घट्ने, विकृत व्यवहार कम हुने, स्थानीय सरकारको आयस्रोत सक्षमता करको आधारमा वृद्धि हुने, सुशासन प्रवद्र्धन गर्ने कार्यमा यो कार्यक्रम महत्वपूर्ण सावित हुने समेत धारणा राखे । सो अवसरमा अर्थमन्त्री खनालले केराबारी गाउँपालिकाबाट पहिलो व्यवसायिक स्थायी लेखा नम्बर ‘दि भ्वाइस क्याफे एण्ड रेष्ट्रो’ र व्यक्तिगत स्थायी लेखा नं. चित्रकुमार तमाङ्गसाई प्रदान गरी करदाता सेवा कार्यालयको काम स्थानीय तहमा हस्तान्तरण गरे ।

बुधबार नै अर्थमन्त्रीको उपस्थितिमा केरावारी गाउँपालिका र आ.रा.का. विराटनगरका प्रमुखबीचमा समझदारी पत्रमा हस्ताक्षर भई सेवा कार्यालयको काम हस्तान्तरण भएकामा राजस्व प्रणालीमा स्थानीय तहको प्रभावकारी भूमिका स्थापना हुने केरावारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिचिङको भनाइ छ ।

यस्तै, उनले नेपालको कर प्रशासन प्रणालीको सुदृढीकरणमा सुधारको दृष्टिले एक ऐतिहासिक क्षणका रूपमा रहेको उल्लेख गरे । उनले गाउँपालिकामा करदाता सेवाको काम हस्तान्तरण गरेसँगै उद्योगी, व्यवसायी, करदातासँगै अग्रीम आयकर कट्टी गरी दाखिला गर्ने निकायहरूले अब आफ्नै नजिकको गाउँ वा नगरपालिकाका कार्यालयबाट सहज रुपमा सेवा पाउने धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit