Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी आज सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

आज बुझाइएका ६० वटासहित १८१ वटा सवारीसाधन गत साउनयता ट्राफिक प्रहरीले सवारी धनीलाई जिम्मा लगाइसकेको छ। साथै चोरीका १३ वटा दुईपाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा ४१७ वटा र आव २०८१÷८२ मा ५०३ वटा दुईपाङ्ग्रे सवारी फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिनसमेत उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुरोध गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit