Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नबिलको एनबैंक एपमा नयाँ लगानी सेवाको विस्तार, मोबाइलबाटै एसआइपी दर्ता र भुक्तानी हुने 

नबिलको एनबैंक एपमा नयाँ लगानी सेवाको विस्तार, मोबाइलबाटै एसआइपी दर्ता र भुक्तानी हुने 
विज्ञापन
Advertisement

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ प्लेटफर्म ‘एनबैंक’ मा नयाँ ‘लगानी’ सेवा थप गरेको छ। बैंकले ग्राहकहरूलाई डिजिटल माध्यमबाट सहज र सुरक्षित लगानीको पहुँच पुर्‍याउने उद्देश्यले एनबैंक सेवा विस्तार गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यही वैशाख ३१ गते नबिल बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको बैंकले जनाएको छ। उक्त समझदारी पत्रमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए।

यो नयाँ सेवाको सुरुवातसँगै नबिल बैंकका ग्राहकहरूले अब एउटै एपबाट विभिन्न वित्तीय सुविधाहरू लिन पाउनेछन् । जसमा ग्राहकहरूले अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी) मा सजिलै दर्ता हुन र यसको मासिक वा त्रैमासिक किस्ता मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन्। एनबैंकको होमपेजमा रहेको इन्भेस्टमेन्ट, एसआइपी र टीएमएस आइकनमा क्लिक गरेर यी सुविधा निःशुल्क लिन पाइनेछ।

यसले विदेशमा रहेका नेपालीहरूले पनि अब सजिलै नेपालको पुँजी बजारमा लगानी गर्न र आर्थिक रूपमा जोडिन पाउने बैंकले जनाएको छ। नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंका अनुसार ग्राहकलाई लगानीका लागि सरल र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्न हेतु एनबैंकमा यो सुविधा थपिएको हो । योसँगै धेरैभन्दा धेरै ग्राहकहरू लगानीतर्फ आकर्षित हुने विश्वास बैंकको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit