Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अटोमोबाइल क्षेत्रको उत्थानमा सक्रिय उप्रेती नाडाको अध्यक्षमा निर्विरोध चयन

अटोमोबाइल क्षेत्रको उत्थानमा सक्रिय उप्रेती नाडाको अध्यक्षमा निर्विरोध चयन
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको छाता संगठन नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)को नयाँ नेतृत्वमा सुरेन्द्रकुमार उप्रेती चयन भएका छन् । नाडाको आगामी कार्यकालका लागि वर्तमान महासचिव सुरेन्द्रकुमार उप्रेती निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

आगामी पुस २५ गते नाडाको निर्वाचन हुँदैछ । यसका लागि आज (बिहीबार मध्याह्न १२ बजेसम्म) उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको थियो। तोकिएको समयसीमाभित्र अध्यक्ष पदका लागि उप्रेतीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चुनिएका हुन् । तर, नाडा निर्वाचन समितिले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ ।

उप्रेती लामो समयदेखि नाडाको विभिन्न जिम्मेवारीमा रहेर अटोमोबाइल क्षेत्रको उत्थानमा सक्रिय छन् । उनले यसअघि नाडाको कोषाध्यक्ष र महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

यस्तै, उनी व्यवसायिक रूपमा एसटीसी ग्रुपका प्रबन्ध निर्देशक हुन् । नेपालमा टायर, ब्याट्री, लुब्रिकेन्ट स्पेयर पार्टसलगायतका अटो क्षेत्रको व्यवसायमा उनको ग्रुपले बलियो उपस्थिति जनाउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit