Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड
विज्ञापन
Advertisement

 काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटमा अध्यक्ष ढकालले दुवै संस्थाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपाल–कतार आर्थिक सहकार्यलाई नयाँ चरणमा प्रवेश गराउने समय आएको उल्लेख गरे ।

‘नेपाल र कतारबीचको सम्बन्ध केवल कूटनीतिक होइन, जनस्तरको विश्वास र सहकार्यमा आधारित छ । कतारमा कार्यरत नेपाली श्रमिकहरूको योगदानले दुवै देशको अर्थतन्त्रबीच विश्वास र आत्मीयता निर्माण गरेको छ । अध्यक्ष ढकालले भने । ’

अध्यक्ष ढकालले ऊर्जा, पूर्वाधार, वित्त, लगानी, पर्यटन, सेवा र लजिस्टिक्स क्षेत्रमा कतारको विश्वव्यापी क्षमता उल्लेख गर्दै यिनै क्षेत्रमा नेपालले निजी क्षेत्रस्तरको साझेदारीलाई प्राथमिकता दिएको स्पष्ट पारे । उनले सन् २०२३ अक्टोबरमा कतारका अमिर महामहिमको नेपाल भ्रमणका क्रममा भएको सहमति स्मरण गराउँदै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालन गर्न महासंघ पूर्ण रूपमा तयार रहेको जानकारी दिंदै यसलाई छिट्टै अन्तिम रुप दिनुपर्ने बताए ।

‘नेपाली पक्षबाट निजी क्षेत्रका प्रतिनिधिहरूको नामावली अन्तिम भइसकेको छ, अब हामी यो संयन्त्रलाई व्यवहारमा उतार्न चाहन्छौँ ।’ उनले भने अध्यक्ष ढकालले संयुक्त व्यवसाय परिषद् बिटुबी सहकार्य, क्षेत्रगत लगानीका अवसर पहिचान, व्यवसायिक अवरोध समाधान तथा संयुक्त लगानी र परियोजना अघि बढाउका लागि प्रभावकारी मञ्च हुने धारणा राखे ।

उनले नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षामा आकर्षक अवसरहरू उपलब्ध रहेको जानकारी दिँदै नेपाल लगानीका लागि खुला रहेको बताए ।

अध्यक्ष ढकालले विशेषगरी उत्पादनदेखि प्रसारण र ऊर्जा–आधारित उद्योगसम्म फैलिएको जलविद्युत् क्षेत्र दीर्घकालीन साझेदारीका लागि उपयुक्त रहेकोमा जोड दिए । यस्तै पर्यटन क्षेत्रमा होटल, रिसोर्ट, साहसिक तथा स्वास्थ्य पर्यटन, साथै विमाननसम्बन्धी सेवामा कतारी लगानीकर्ताको उल्लेखनीय भूमिका हुन सक्ने अध्यक्ष ढकालले बताए।

सो अवसरमा कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले यो भेटवार्ताले नेपाल–कतार आर्थिक साझेदारीलाई थप मजवुत बनाउने बताए। साथै उनले आउने दिनमा महासंघसंगको सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए । उनले नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) लाई छिट्टै अन्तिम रुप दिने विषयमा आफु सकारात्मक रहेको बताए।

अध्यक्ष ढकालले पछिल्लो महासंघको पहल र पैरवीमा नेपाल सरकारले लगानी वातावरण सुधारका लागि गरेका नीतिगत र कानुनी सुधारहरूको पनि उल्लेख गरे ।

नीतिगत स्थायित्व, डिजिटल प्रणाली, सार्वजनिक–निजी साझेदारी र प्रक्रियाको सरलीकरणमार्फत सरकारले सुधारहरु गर्दै लगिरहेको जानकारी दिए ।

हालै नेपालमा भएको युवा (जेनजी) आन्दोलन सुशासन, पारदर्शिता र देशमै अवसरको चाहना व्यक्त गर्ने सकारात्मक चेतनाको संकेतका रूपमा रहेको उल्लेख गर्दै यी आवाजलाई सही ढंगले सम्बोधन गर्न सके दीर्घकालमा संस्थागत सुदृढीकरण र स्थिर व्यवसायिक वातावरण निर्माणमा सहयोग पुग्ने बताए ।

अध्यक्ष ढकालले नेपालमा कतारी लगानीलाई स्वागत गर्दै नेपाली व्यवसायीलाई पनि सेवा, पर्यटन, सीप विकास र साना तथा मझौला उद्यम क्षेत्रमा कतारमा अवसर खोज्न आग्रह गरे ।

नियमित व्यवसायिक प्रतिनिधिमण्डल आदान–प्रदान, संयुक्त फोरम र संयुक्त व्यवसाय परिषद्को शीघ्र सक्रियताले साझा रुचिलाई ठोस परियोजनामा बदल्न सकिने उनको भनाई थियो ।

भेटका क्रममा अध्यक्ष ढकालले कतार चेम्बरका अध्यक्ष तथा प्रतिनिधिमण्डललाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन औपचारिक निमन्त्रणा समेत दिएकोमा कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले उनले महासंघको साधारण सभामा सहभागिता जनाउने प्रतिवद्धता समेत जनाएका अध्यक्ष ढकालले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit