Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्य २ लाख ६७ हजार माथि, चाँदी पनि पाँच हजार नजिक

सुनको मूल्य २ लाख ६७ हजार माथि, चाँदी पनि पाँच हजार नजिक
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्दा चाँदीको भाउ पाँच हजार नजिक पुगेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको हो। साताको चौथो कारोबार दिन सम्म आइपुग्दा स्थानीय बजारमा सुनको भाउ प्रतितोला सात हजार तीन सय रूपैयाँ महँगिएको छ ।

यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेर कीर्तिमान कायम भएको थियो । त्यसयता मूल्यमा गिरावट देखिए पनि यो साता भने सुनको मूल्यमा थपघट भैरहेको छ । सोमबार मात्र प्रतितोला चार हजार ६ सय रूपैयाँले बढेको सुन मंगलबार पुनः ३१ सय रुपैयाँले वृद्धि भएको थियो । बुधबार भने मूल्यमा सामान्य गिरावट देखिएको हो ।

यसैगरी, चाँदीको मूल्य भने साताको पहिलो कारोबार दिनबाटै निरन्तर उकालो लागेको छ । आज चाँदीको भाउ ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार चाँदी प्रतितोला १९५ रुपैयाँले बढेर ४ हजार ८८० रुपैयाँ कायम भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit