Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुनको मूल्य २१ सय रुपैयाँले बढ्यो, तोलाको कति ?

सुनको मूल्य २१ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो दिन दुई हजार रुपैयाँले घटेको सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। बिहीबार तोलामा चार हजार आठ सय ३५ रूपैयाँमा खरिदबिक्री भएको चाँदीको मोल आज चार हजार सात सय ८० रूपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो कारोकार दिनको तुलनामा आज चाँदी प्रतितोला ५५ रूपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit