Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

नेपाल टेलिकमको निमित्त प्रवन्ध निर्देशकमा रीना डंगोल नियुक्त

नेपाल टेलिकमको निमित्त प्रवन्ध निर्देशकमा रीना डंगोल नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रवन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा डंगोल शुक्रबार नियुक्त गरेको हो । उनले आफ्नो पदभार ग्रहण गरिसकेकी छिन् ।

विज्ञापन
Advertisement
Advertisement

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छिन् । उनले २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेर २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिएकी हुन् ।

उनले २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । उनले प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवम् वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत पूरा गरेकी छिन । उनी हाल प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत थिइन ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit