Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

पाल्पा सिमेन्टको आईपीओ आजदेखि, स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिन पाउने

पाल्पा सिमेन्टको आईपीओ आजदेखि, स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिन पाउने
विज्ञापन
Advertisement

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ। सो मध्ये ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता शेयर पश्चिम नवलपरासी र पाल्पा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ । यस्तै, सर्वसाधारण लगानीकर्तालाई छुट्याएको १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता शेयरको १० प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५ सय कित्ता शेयरमा विदेशमा रहेका नेपालीले लगानी गर्न पाउनेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने जनाइएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयर बिक्री नभएर समय लम्ब्याएर माघ २५ गतेसम्म पुर्याइने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणअन्तर्गत स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit