Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लक्ष्मी ई–मोबिलिटीले सार्वजनिक गर्यो फोर्थिङका लागि ७ लाखसम्मको एक्सचेन्ज योजना

लक्ष्मी ई–मोबिलिटीले सार्वजनिक गर्यो फोर्थिङका लागि ७ लाखसम्मको एक्सचेन्ज योजना
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि फोर्थिङको आधिकारिक विक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी, फोर्थिङ फ्राइडेका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सीमित अवधिका लागि कम्पनीले ल्याएको ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे’ अफर योजनाले ग्राहकहरूलाई दिगो र प्रिमियम इलेक्ट्रिक सवारीमा अपग्रेड हुने उत्कृष्ट अवसर प्रदान गर्ने जनाइएको छ। फोर्थिङ फ्राइडे ईभीको खरिदमा ग्राहकहरूले यो विशेष अफर अन्तर्गत ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन्। साथै, यस अफरमा पुरानो गाडीको उचित मूल्याङ्कन र आकर्षक एक्सचेन्ज सुविधा,नगद छुटको व्यवस्था, अटो प्लस इन्स्योरेन्स उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकको सुरक्षित यात्राको लागि बीमा सुविधासँगै निःशुल्क स्पेयर टायर र एसी चार्जर उपलब्ध गराउने उल्लेख गरेको छ ।

लक्ष्मी ई–मोबिलिटी प्रालिका अनुसार यो ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफरले ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीको अनुभव गराउने छ । ‘७ लाखसम्मको बचत र पूर्ण सपोर्ट प्याकेजमार्फत हामीले नेपालमा वातावरणमैत्री र प्रिमियम सवारीको प्रयोगलाई थप सहज बनाउने लक्ष्य राखेका छौं’ कम्पनीले जारी गरेको पे्रस नोटमा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit