Advertisement
Advertisement
Corporate Samachar
२१ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

नेप्से घटेर २६३५ विन्दुमा बन्द, कारोबार रकममा भने वृद्धि

नेप्से घटेर २६३५ विन्दुमा बन्द, कारोबार रकममा भने वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार बढेर बन्द भएको नेप्से, आज भने ५.५४ अंकले घट्दै २६ सय ३५ विन्दुमा झरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले घटेका छन् । नेप्से घटेपनि सोमबार कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ ।

गत बिहीबार ४ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा आज ३३३ स्टकको ७८ हजार ८०८ पटकको कारोबारमा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड २३ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

सोमबार दुई कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । एसवाई प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको हो। त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड–३ को इकाई मूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ। यता, कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको शेयर मूल्य भने ४.२५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोमबार एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ४२ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछि राधी विद्युत कम्पनीको साढे ३१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये सोमबार ४ उपसमूहको परिसूचक बढ्दा ९ उपसमूहको परिसूचक घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन तथा म्युचुअल फण्ड उपसमूहका परिसूचक सामान्य रूपमा बढेका छन् । यता, व्यापार उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.१६ प्रतिशतले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit