Advertisement
Advertisement
Corporate Samachar
२७ असार २०८३, शनिबार
Advertisement

सलिकोको २९औं वार्षिक साधारणसभा सम्पन्न

सलिकोको २९औं वार्षिक साधारणसभा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को २९औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।कम्पनी अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा काठमाडौंको कालीकास्थानमा सम्पन्न सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२र०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

साथै सञ्चालक समितिले यसअघि सिफारिस गरेअनुसार शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सर्वसम्मत रूपमा सभाले अनुमोदन गरेको छ । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सलिकोको व्यवसायिक प्रगति, वित्तीय अवस्था तथा आगामी कार्यदिशा बारे शेयरधनीहरूलाई विस्तृत जानकारी गराए। उनले चुनौतीपूर्ण बजार परिस्थितिका बीच पनि कम्पनीले सन्तुलित र दिगो वृद्धितर्फ अग्रसर भएको उल्लेख गरे ।

कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा ५० करोड २ लाख ४८ हजार ५२३ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ८.५२ प्रतिशतले बढी हो । त्यसैगरी, कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३२ लाख ९२ हजार ६१४ दाबी भुक्तानी गरेकोमा चालु आर्थिक वर्षमा ३ अर्ब ६२ करोड ५१ लाख ५५ हजार २५५ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ।

आगामी वर्षहरूमा पनि ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको कम्पनीले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit