Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै

खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । खेलकुद क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यसहित ‘पेसएक्स स्पोटर्स’ नामको संस्था स्थापना हुन लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेल क्षेत्रमा रहेको चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ अन्तिम तयारीको चरणमा पुगेको जानकारी गराएको हो ।

‘पेसएक्स स्पोटर्स’ ले आफूलाई केवल एउटा प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सम्बन्धित निकायहरूलाई जोड्ने साझा मञ्च का रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

खेलकुदलाई शिक्षा, जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा स्थापित गर्नु ‘पेसएक्स स्पोटर्स’को दीर्घकालीन दृष्टिकोण हो । प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरूको शारीरिक, मानसिक र नैतिक विकास गर्दै स्थानीय तहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने स्पष्ट मार्ग निर्माण गर्नु संस्थाको मुख्य उद्देश्य पनि रहेको छ ।

‘पेसएक्स स्पोटर्स’ नेपालमा खेल व्यवस्थापन तथा खेलाडी विकासमा समर्पित संस्था हुनेछ । यस संस्थाले जगैदेखि खेलकुद विकास, खेलाडीको समग्र उन्नति तथा संस्थागत सहकार्यमार्फत दिगो र समावेशी खेलकुद प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

युवा पुस्तामा लगानी, खेल शिक्षा र समुदायको सक्रिय सहभागितामार्फत सक्षम खेलाडी उत्पादन गर्नुका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुरÞ्याउने प्रतिबद्धता पनि ‘पेसएक्स स्पोटर्स’ ले व्यक्त गरेको छ ।

संस्थाको मुख्य कार्यक्षेत्रहरू खेलाडीको समग्र विकास, विद्यालय तथा कलेज खेलकुद कार्यक्रम, जगैबाट प्रतिभा पहिचान र विकास, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम र प्रतियोगिता तथा सामुदायिक संलग्नता रहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit