Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा मिति २०८२ साल पौष ३० गते बुधबार सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

साधारण सभाले आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा सहभागी शेयरधनीहरूले वार्षिक प्रतिवेदनमाथि राखेका जिज्ञासाहरूको अध्यक्ष भट्टराई तथा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्टिकरण दिएका थिए ।

हाल लुम्बिनी विकास बैंक लिमिटेडले देशका सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गर्दै कारोबार सञ्चालन गरिरहेको छ । बैंकले विभिन्न स्थानमा ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) मार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ ।

‘निरन्तर सहयात्रा’ भन्ने मूल नाराका साथ लुम्बिनी विकास बैंकले आधुनिक, सुरक्षित तथा नविनतम प्रविधिमा आधारित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit