Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा प्रहरी ईकाईलाई आवश्यक सामग्री हस्तान्तरण

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा प्रहरी ईकाईलाई आवश्यक सामग्री हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सर्वोच्च तथा विशेष
अदालत समन्वय सुरक्षा प्रहरी इकाईको पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त क्षतिग्रस्त भवनको पुनर्निर्माणमा सहायता प्रदान गरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समयमै पुनर्निर्माण सम्पन्न भएसँगै सम्बन्धित प्रहरी इकाईले उक्त नवनिर्मित ईकाईबाट पुनः नियमित सेवा सुचारु गरेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले क्षतिग्रस्त कार्यालय भवनको पुननिर्माण गरी न्याय प्राप्तिका लागि सर्वोच्च अदालत आउने सेवाग्राही तथा सर्वोच्च अदालत परिसरको सुरक्षामा प्रहरी इकाईलाई सुचारु गर्न सहयोग पुर्‍याएकोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स प्रति कृतज्ञता व्यक्त गरे ।

पुनःनिर्मित संरचना हस्तान्तरण कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले आगामी दिनहरूमा पनि सार्वजनिक हित तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरूलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन् । भवन पुनर्निर्माणसँगै कम्पनीले दुई थान कम्प्युटर, दुई थान दराज, एक थान प्रिन्टर, १२ थान कुर्सी तथा ९ थान टेबुल समेत उक्त प्रहरी ईकाईलाई प्रदान गरेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit