Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पुनर्निर्माण कोषमा १४ करोड रुपैयाँ जम्मा, नागरिक लगानी कोषद्वारा ५१ लाख प्रदान

पुनर्निर्माण कोषमा १४ करोड रुपैयाँ जम्मा, नागरिक लगानी कोषद्वारा ५१ लाख प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले स्थापित कोषमा नागरिक लगानी कोषले एकाउन्न लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा शुक्रबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अर्थ सचिव डा.घनश्याम उपाध्याय, सहसचिव उत्तर कुमार खत्रीलगायत नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की समेतको उपस्थिति रहेको थियो । अर्थमन्त्री खनालले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानको लागि नागरिक लगानी कोषलाई धन्यवाद दिएको सह–सचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए ।

सो रकम सहित आजसम्म पुनः निर्माण कोषमा १४ करोड ७ लाख रुपैयाँ जम्मा भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit