Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

दीर्घकालीन रणनीतिक योजना खोज्दै व्यवसायी, उम्मेदवारसँग आइसिपी देखि सिक्टा सिँचाइ पूरा गराउनेसम्मका अपेक्षा

दीर्घकालीन रणनीतिक योजना खोज्दै व्यवसायी, उम्मेदवारसँग आइसिपी देखि सिक्टा सिँचाइ पूरा गराउनेसम्मका अपेक्षा
विज्ञापन
Advertisement

राँझा (बाँके)। प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई बाँकेका उद्योगी, व्यवसायीले समृद्ध जिल्ला बनाउनका लागि दीर्घकालीन रणनीतिक योजना ल्याउन अनुरोध गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपालगञ्ज नाकाबाट अवैध रूपमा हुने ओसारपसारले जिल्लाको व्यवसाय धरासायी भई व्यवसायी पलायन भएका, एकीकृत जाँच चौकी (आइसिपी) बने पनि त्यसले बाँकेमा आर्थिक चलायमानका लागि कुनै योगदान पुर्‍याउन नसकेको, नौबस्तास्थित औद्योगिक क्षेत्र निर्माणमा सरकारले योजना नबनाएको भन्दै व्यवसायीले दीर्घकालीन रणनीतिक योजना ल्याउन अनुरोध गरेका हुन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाटले उद्योग, व्यवसाय क्षेत्र फस्टाउने वातावरण निर्माण भए मात्रै त्यसबाट समृद्धि हासिल गर्न सकिने भएकाले दीर्घकालीन रणनीतिक योजना ल्याउन उम्मेदवारलाई अनुरोध गरे । ‘बाँकेको समग्र विकासका लागि दीर्घकालीन प्रभाव पार्ने रणनीतिक योजना आवश्यक छ । विजयी भएपछि त्यसमा ठोस निर्णसहित सम्बोधन हुनुपर्छ’, महासचिव रानाभाटले भने, ‘बाँकेको आर्थिक विकास र समृद्धिका लागि इमान्दारितापूर्वक काम गर्ने उम्मेदवारलाई जिताउन जरुरी छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बाँकेमा भौतिक विकास तथा आवश्यक पूर्वाधार निर्माण भए पनि आर्थिक रूपमा उद्योग व्यवसाय अपेक्षाकृत विकास हुन नसकेकाले समग्र विकासका लागि रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताउए । ‘भुइँमान्छेको समृद्धिमा राज्यको ध्यान केन्द्रित गर्न जिल्लाबाट विजयी भएर जाने जनप्रतिनिधिले सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्छ’, श्रेष्ठले भने, ‘भौतिक पूर्वाधार मात्रै विकास होइन, विकासले जनताको जीवनस्तर उकास्ने कामलाई पनि बुझाउँछ ।’

यस्तै, उनले नौबस्ता औद्योगिक क्षेत्र निर्माण शीघ्र थाल्न, सिक्टा सिँचाइ आयोजनाको अधुरो काम पूरा गर्न, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारलाई दबाब दिनसक्ने जनप्रतिनिधि बाँकेलाई आवश्यक रहेको उल्लेख गरे । बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटन आकर्षणको केन्द्र बनाउनका लागि पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले वन्यजन्तुबाट हुने धनजनको क्षति जिल्लामा बढेको त्यसलाई सम्बोधन गर्न नीतिगत व्यवस्था बनाउन आवश्यक रहेकामा जोड दिए । नेपालगञ्जका होटल व्यवसायी भास्कर काफ्लेले यहाँ होटल तथा पर्यटन व्यवसायको अथाह सम्भावना भए पनि अस्थिर राजनीतिका कारण व्यवसायी निरास भएकाले अब समग्र विकासको योजना भएका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।

बाँके क्षेत्र नं २ बाट उम्मेदवार बनेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मोहम्मद इस्तियाक राईले आफू निर्वाचित भएमा भौतिक पूर्वाधारसँगै जनताको जीवनस्तर सुधार गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाए । आफू विजयी भए आर्थिक समृद्धिका लागि यस क्षेत्रको आर्थिक, शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रको विकास गर्ने उनको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit