Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सिईओ क्लब सदस्य बन्न सफल कर्मचारीलाई नेशनल लाईफद्वारा सम्मान

सिईओ क्लब सदस्य बन्न सफल कर्मचारीलाई नेशनल लाईफद्वारा सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरुका लागि सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनी प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा झापाको बिर्तामोडस्थित एक होटलमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य ३०० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

सहभागी अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सिईओे क्बलको सदस्यता वितरण गरे । सोही अवसरमा कम्पनीले वार्षिक योजना अन्तर्गत जारी गरेको ‘नेशनल अवार्ड योजना’ अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट प्रदान गरेको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले ल्याएको सिईओ क्लब कार्यक्रममा देशभरबाट १६ सय जना भन्दा बढी अभिकर्ताहरु छनोट हुनुले कम्पनीको योजना अत्यन्तै सफल भएको पुष्टि गरेको बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit